श्री आकाशद्धिप बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष श्री बद्रिवहादुर खड्का एक समर्पित, प्रतिबद्ध र दूरदर्शी नेतृत्वकर्ताको रुपमा चिनिन्छन् । उहाँले सहकारी क्षेत्रलाई वर्ग, विभेद र पक्षपात रहित रुपमा विकासको प्रमुख माध्यम बनाउन निरन्तर योगदान पुर्याउँदै आउनुभएको छ । संस्थाको सामाजिक, आर्थिक तथा भौतिक विकासलाई सशक्त बनाउन उहाँले सदैव पारदर्शिता, अनुशासन र संगठनात्मक एकतालाई प्राथमिकतामा राख्दै अघि बढाउनुभएको छ ।
वर्षौंको अनुभव
कर्मचारी
हामी समुदायप्रति उत्तरदायी संस्था हौँ, जसले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक विकासका क्षेत्रमा समेत योगदान पुर्याउने लक्ष्य राखेको छ। हरेक सदस्यलाई समान अवसर प्रदान गर्दै, विशेष गरी महिला, युवा, किसान तथा विपन्न वर्गलाई सशक्त बनाउन सहकारी सदैव तयार छ। साथै, हामी बदलिँदो समय र प्रविधिसँग तालमेल मिलाउँदै नवीनतम र उपयोगी कार्यक्रमहरू सञ्चालन गर्न प्रतिबद्ध छौँ। सेवाको गुणस्तर, दक्षता र पारदर्शितामा निरन्तर सुधार गर्दै, दीगो विकासका लागि स्थानीय स्रोत र साधनलाई प्रयोग गर्ने हाम्रो विश्वास छ। हाम्रो संस्था सदस्यहरूको विश्वास, ऐक्यबद्धता र सक्रिय सहभागितामा आधारित छ। यही कारण हामी प्रत्येक कदममा सदस्यहरूको आवश्यकता, सुझाव र अपेक्षालाई प्राथमिकतामा राखेर अघि बढ्छौँ र भविष्यमा पनि समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सशक्त बनाउन निरन्तर प्रतिबद्ध रहनेछौँ।
श्री आकाशद्धिप बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिरी–६, दोलखाको ३१औं वार्षिक साधारण सभामा सचिवको तर...
श्री आकाशद्धिप बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिरी–६, दोलखाको ३१औं वार्षिक साधारण सभामा सचिवको तर्फबाट प्रस्तुत गरिएको प्रतिवेदन अनुसार, संस्थाले स्थापना कालदेखि हालसम्म विभिन्न आरोह–अवरोहको सामना गर्दै शेयरधनी सदस्यहरू, कर्मचारी, बुद्धिजीवी वर्ग, व्यापारी, किसान, मजदुर तथा शुभचिन्तकहरूको सहयोगमा स्थिर र विश्वासिलो वातावरण प्रदान गर्दै आएको छ। संस्था आफ्नै स्वामित्वमा रहेको कार्यालय भवनमा ८ जना दक्ष र अनुभवी कर्मचारीमार्फत शेयर सदस्यहरूलाई सेवासुविधा प्रदान गर्दै आएको छ। यस्तै, विद्युत नहुँदा समेत यनभटर ब्याकपको व्यवस्था मिलाएर कारोवारलाई छिटो र सुरक्षित रूपमा सञ्चालन गर्ने व्यवस्था गरिएको छ। ३१औं साधारण सभाबाट पारित कार्यक्रमहरू प्रायः कार्यान्वयन भइसकेका छन् भने केही कार्यक्रमहरू अधुरो रहेकाले आगामी वर्षमा पूर्ण रूपमा सम्पन्न गर्ने योजना बनाइएको छ। संस्थाले स्वस्थ प्रतिस्पर्धा र गुणात्मक विकासको माध्यमबाट शेयरधनी सदस्यहरूका लागि “सदस्य समृद्धिको लागि सर्वोत्कृष्ट आकाशद्धिप साकोस” भन्ने मुल नारासँग अगाडि बढिरहेको छ र आगामी वर्षमा पनि सम्पूर्ण सदस्य तथा सरोकारवालाहरूको सकारात्मक सहयोग रहने विश्वास व्यक्त गरिएको छ।
Read More
सबै सदस्यहरूले नियमित मासिक वा वार्षिक बचत गर्न सक्ने सुविधा।
सबै सदस्यहरूले नियमित मासिक वा वार्षिक बचत गर्न सक्ने सुविधा।
सदस्यहरूको बचत रकम र ऋण रकममा बीमा सुविधा।
सहकारीमार्फत उच्च गुणस्तरको स्थानीय उत्पादनको बजार विस्तार।
श्री आकाशद्धिप बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष बद्रिवहादुर खड्काले ३१औं वार्षिक साधारण सभामा...
श्री आकाशद्धिप बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष बद्रिवहादुर खड्काले ३१औं वार्षिक साधारण सभामा उपस्थित सबै अतिथि, सञ्चालक समिति, कर्मचारी, पत्रकार र शेयरधनी सदस्यहरूलाई सहकारी अभिवादन व्यक्त गर्दै संस्थाको यात्रा र उपलब्धि प्रस्तुत गर्नुभयो। संस्थाले वर्ग, विभेद र पक्षपात रहित ढङ्गले सहकारीमार्फत सामाजिक, आर्थिक र भौतिक विकासमा योगदान पुर्याउँदै करिब सात हजारभन्दा बढी बचतकर्ता सदस्यको विश्वासका साथ दोलखाको नमूना सहकारीको रूपमा स्थापित भएको छ। हाल संस्थाले जिरी नगरपालिकाका सबै वडामा सेवा विस्तार गरी सदस्यहरूको आत्मविश्वास बढाइरहेको छ। यद्यपि सहकारी क्षेत्रमा आन्तरिक र बाह्य चुनौतीहरूका कारण केही नकारात्मक धारणा सिर्जना भए पनि संस्थाले अनुशासन, नियमित कारोबार र स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट सदस्यहरूको हित र संस्थाको विकासमा निरन्तर अग्रसर रहेको अध्यक्षको भनाइ छ। उहाँले भविष्यमा पनि सबै शेयरधनी सदस्य र सरोकारवालाको साथ र रचनात्मक सुझावको अपेक्षा राख्दै धन्यवाद ज्ञापन गर्नुभएको छ।
Read More